काठमाण्डौ, ११ असोज– देशभर पछिल्लो २४ घण्टामा १ हजार पाँच सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङ प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार देशभरबाट यही समयमा ८ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै आज १० हजार १ सय २३ पिसिआर परीक्षण भएको छ भने भने देशभर हाल १९ हजार १९ जना संक्रिय संक्रमित रहेका छन् । यसैगरी देशभर संस्थागत आइसोलेसन ८ हजार ३ सय २१ रहेका र होम आइसोलेसन १० हजार ६ सय ९८ जना रहेका उनले बताए । क्वारेन्टाइनमा रहनेको संख्या भने ६ हजार २ सय ८१ रहेको छ । आजसम्म कोरोना जित्नेको प्रतिशत ७३ दशमलव ४ रहेको मन्त्रालयले जनाएको छ ।





