शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

आज १४औं विश्व रेविजविरुद्धको दिवस

आज १४औं विश्व रेविजविरुद्धको दिवस


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७७, सोमबार

काठमाण्डौ, १२ असोज– आज १४औं विश्व रेविजविरुद्धको दिवस । नेपालमा पनि रेबिजबारे जनचेतनामुलक भर्चुअल कार्यक्रम गरी मनाइँदैछ । सन् २०३० सम्ममा रेविज उन्मुलन गर्ने लक्ष्यका साथ विभिन्न जनचेतनामुलक कार्यक्रम विश्वभर हुँदै आएको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सेप्टेम्बर २८ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । कोरोना महामारीको कारण कुनै औपचारिक कार्यक्रम भने राखिएको छैन । दिवसको अवसरमा विश्व स्वास्थ्य संगठनले रेबिजविरुद्धको खोपमा जोड दिएको छ । यसको अन्त्य गर्न अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय स्तरमा सहकार्य निरन्तर जारी राख्नु पर्ने संगठनको भनाइ छ । विश्वमा हरेक १५ मिनेटमा रेविजको कारण एक जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । संगठनका अनुसार मानिसमा लाग्ने रेविज मध्ये ९९ प्रतिशत कुकुरको टोकाइबाट हुने गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पछिल्लो समय कोरोनाको महामारीका कारण कुकुर, बाँदरलगायतले टोकेका बिरामी कम मात्रै अस्पताल आउने गरेको जनाएको छ । लामो समय लकडाउन र निषेधाज्ञाका कारण मानिसहरु घरबाट बाहिर कम निस्किएकाले रेबिज सार्ने जनावरले कम टोकेको हुन सक्ने सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताए । यसअघि दैनिक १ सय ५० जना भन्दा धेरै कुकुरको टोकाइबाट पीडित भएका व्यक्ति टेकु अस्पतालमा उपचारका लागि आउने गर्दथे । नेपालमा रेबिजको बारेमा अझैपनि जनचेतना कम हुँदा उपचारका लागि अस्पतालमा नजाने, झारफुक गर्ने कारण मानिसको मृत्यु हुने गरेको डा. पुनले बताए ।
–थाहाबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->