पोखरा, १५ असोज– पोखरा महानगरपालिकामा भएको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासन प्रति चिन्ता व्यक्त गर्दै नेपाली कांग्रेस पोखरा महानगर नगर समितिले मेयरलाई ज्ञापनपत्र बुझाएको छ । नगर समिति तर्फबाट सभापति बजिरमान श्रेष्ठले मेयर मान बहादुर जिसीलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । यस अघि पनि प्रतिपक्ष दलका सुझाव र कांगे्रेसबाट निर्वाचित वडाध्यक्ष हरुले गरेको ध्यानाकर्षण प्रति महानगर मौन बसेको भन्दै पुनःज्ञापनपत्र बुझाइएको श्रेष्ठले जानकारी दिए ।




