मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । 


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७७, शुक्रबार

बुटवल, १६ असोज – प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोशीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले प्रदेश ५ को राजधानी दाङ तोक्न  आन्तरिक निर्देशन  दिएको थियो । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राजधानी दाङ तोक्ने सहमति भएको हो। दुई अध्यक्षबीच दाङलाई राजधानी तोक्न प्रदेश ५ कमिटीलाई निर्देशन दिएको नेकपाका एक केन्द्रीय सदस्यले बताए।
‘दुई अध्यक्षबाट परिपत्र भएको सुनेको छु। उहाँहरुले दाङलाई नै राजधानी बनाउनु भनेर प्रदेश ५ का इन्चार्जलाई निर्देशन दिनुभएको छ’ ती केन्द्रीय सदस्यले भने, ‘पार्टी इन्चार्ज नै मुख्यमन्त्री भएकाले पार्टीको परिपत्र कार्यान्वयन गर्न पनि सजिलो हुन्छ।’ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सोही प्रदेशका नेकपा इन्चार्ज समेत हुन्। प्रदेश ५ को अस्थाई राजधानी अहिले बुटवलमा छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->