मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

यातायातमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालन गरे नगरेकोबारे यातायात व्यवस्था कार्यालयको अनुगमन

यातायातमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालन गरे नगरेकोबारे यातायात व्यवस्था कार्यालयको अनुगमन


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७७, शुक्रबार

बागलुङ, १६ असोज– यातायात व्यवस्था कार्यालय बागलुङले छोटो, मध्यम र लामो दुरीमा जिल्लाभित्र तथा अन्तर जिल्लामा संचालन हुने नीजि तथा सार्वजनिक सवारी साधनहरुले अपनाउनुपर्ने स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरे नगरेको शुक्रबार अनुगमन गरेको छ ।
नेपाल सरकारको निर्णय एवं कोभिड १९ प्रकोपको अवधिभर सार्वजनिक यातायात संचालन निर्देशिका, २०७७ बमोजिम सार्वजनिक यातायात संचालन गर्दा अपनाउनु पर्ने स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना भए नभएको सम्बन्धमा यातायात व्यवस्था कार्यालयले मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका वडा नं ४ रात्माटामा अनुगमन गरेको हो ।
७ वटा सूचकहरुका आधारमा ५८ वटा नीजि तथा सार्वजनिक सवारी अनुगमन गरिएको थियो । जसमध्ये १५ प्रतिशत सवारी साधनले क्षमताभन्दा ५० प्रतिशत बढी यात्रु राखेर भौतिक दुरी कायम नगरेको, १० प्रतिशत यात्रुले माक्सको प्रयोग नगरेको, २० प्रतिशत सवारी साधनले सेनिटाइजरको व्यवस्था नगरेको पाईएको थियो ।
यस्तै, ९० प्रतिशत चालक तथा सहचालकले भाइजर र पंजा प्रयोग नगरेको, १५ प्रतिशत सवारी साधनले तोकिएको ५० प्रतिशत बढी भाडा लिने गरेको पाइएको यातायात व्यवस्था कार्यालय बागलुङका कार्यालय प्रमुख पारसिङ्ग थापाले बताए ।
अनुगमनका क्रममा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेका सवारी चालक तथा यात्रुलाई अपनाउनुपर्ने स्वास्थ्य तथा सुरक्षा मापदण्ड समावेश गरिएको पर्चा वितरण गरिएको र सावधानी अपनाउन अनुरोध गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालयका प्रमुख थापाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय, राष्ट्रिय उपभोक्ता मंच बागलुङलगायतको प्रतिनिधित्व रहेको टोलीले अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->