बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वडाध्यक्षलाई कांग्रेसको ज्ञापनपत्र

वडाध्यक्षलाई कांग्रेसको ज्ञापनपत्र


  • ढोरपाटन संबाददाता
  • असोज १७ २०७७, शनिबार

पोखरा, १७ असोज-वडाको विकास निर्माण लगायतका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस पोखरा महानगरपालिका–२४ नम्बर वडा समितिले वडाध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।
कांग्रेस वडा ईकाइ सभापति प्रतापबहादुर कार्की, कास्की जिल्ला सदस्य तथा पूर्व सहसचिव भरत बहादुर अधिकारी लगायतको टोलीले शुक्रबार वडा कार्यलयमा वडाध्यक्ष ओमप्रसाद सुवेदीलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा स्थापित राजनैतिकदलहरु बीच सहकार्य गदै विकास निर्माण योजना बनाउनुपर्ने, स्थानीय स्तरमा रोजगारी वृद्धि, शिक्षा, स्थास्थ्य साथै कृषिमा गुणस्तर वृद्धि गर्न तदरुपता देखाउनुपर्ने, भ्रष्टाचार र ढिलासुस्ती नियन्त्रणमा कडाइका साथ लाग्नुपर्ने माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै अध्यक्ष सुवेदीले आफुले विकास निर्माणको कार्यमा आगामी दिनमा सहकार्य गर्दै वडाका समस्याहरु समाधान गर्नका लागि वडा नम्बर २४ को सहयोगमा आफु र आफ्नो टिम प्रतिबद्ध भएर लाग्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->