मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङको तित्याङमा नेकपाको ‘जनभेटघाट’

बागलुङको तित्याङमा नेकपाको ‘जनभेटघाट’


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०७७, आइतबार

बागलुङ, १८ असोज– नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बागलुङले जनताका गुनासा र मागहरुको सम्बोधन गर्ने उदेश्यले बागलुङ नगरपालिका–९ तित्याङका सर्वसाधारणसँग जनभेटघाट गरेको छ ।
नेकपा वडा कमिटीको आयोजना गरेको जनभेटघाटमा जिल्ला अध्यक्षसहित नेकपाबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताहरु सहभागी थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले जनता र जनप्रतिनिधिको सम्बन्ध सुमधुर हुँदा मात्रै विकासले गति लिने बताए ।
पार्टिलाई सक्रिय बनाउनका लागि पनि कार्यकर्ता र जनताको महत्वपूर्ण भूमिका हुने भन्दै समय समयमा पार्टि र जनप्रतिनिधिलाई झकझकाउन उनले आग्रह गरे । सापकोटाले गाउँ–गाउँमा रहेको राजनितीक र पार्टीगत विभेदलाई चिर्दै समाजलाई समृद्धिको मार्गमा अघि बढाउनु अबको अवश्यकता रहेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेल, नेकपा बागलुङका सचिवालय सदस्य लाल बहादुर थापा, नेकपा बागलुङ नगर कमिटिका अध्यक्ष धन बहादुर परियार, सचिव इन्द्र केसी र वडा अध्यक्ष गणेश थापा मगरलगायतले बोलेका थिए । उनीहरुले जनतालाई आवश्यक सडक, विजुल, खानेपानी, झोलुङ्गे पुल मर्मतजस्ता समस्याहरु समाधान गर्न तीनै तहका सरकार तयार रहेको बताए ।
कार्यक्रममा सहभागीले आफ्ना गुनासा र मागहरु राखेका थिए । सोही कार्यक्रममा खत्री टोलका २६ जना नेपाली काँग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । २०४६ सालदेखिनै काँग्रेसलाई साथ सहयोग गर्दै आइरहेको र अहिले आएर आफ्नो गाउँ टोलको विकासको लागि भन्दा पनि आफ्नो स्वार्थको लागि समाजका व्यक्तिहरुलाई प्रयोग गरेको भन्दै उनीरुले कांग्रेस परित्याग गरेको बताए ।
कार्यक्रम नेकपा वडा कमिटीका अध्यक्ष रुद्र बहादुर खड्काको अध्यक्षता, सचिव टिकाराम सापकोटाको स्वागत र फणिन्द्र खड्काको संञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->