मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बडिगाड गाउँपालिकाको आफ्नै एम्बुलेन्स

बडिगाड गाउँपालिकाको आफ्नै एम्बुलेन्स

भारत सरकारको सहयोगमा बुलेरो पाएपछि एम्बुलेन्स चलाउने तयारी ।


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०७७, सोमबार

बागलुङ, १९ असोज– बडिगाड गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने तयारी थालेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाअन्र्तगत एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन थालिएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए ।
भारत सरकारको सहयोगमा निशुल्क बुलेरो जीप प्राप्त भएपछि गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनको तयारी थालेको हो । यसअघि बडिगाडमा ग्वालीचौर आमा समुह र प्रवासमा रहेका युवाहरुको सक्रियतामा दुईवटा एम्बुलेन्स सञ्चालनमा छन् ।
‘हामीले एम्बुलेन्सका लागि आवश्यक विधि बनाएर स्वास्थ्य शाखामार्फत सञ्चालनमा ल्याउने तयारी थालेका छौं’ अध्यक्ष पाईजाले भने ‘यसले गाउँपालिकामा आपतकालिन बिरामीको उद्धारका लागि थप टेवा पुग्ने छ ।’
भारत सरकारले नेपालका ४१ संघ संस्थालाई एम्बुलेन्स चलाउनका लागि बुलेरो जीप प्रदान गर्ने क्रममा बागलुङबाट बडिगाडले बुलेरो प्राप्त गरेको हो । महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीको अवसरमा बुलेरो प्राप्त भएको पाइजाले जानकारी दिए ।
कोरोना महामारीको समयमा आफ्नो एम्बुलेन्स नहुँदा भाडाको एम्बुलेन्समा संक्रमित बोक्दै आएको गाउँपालिकाले आगामी दिनमा आफ्नै एम्बुलेन्स प्रयोग गर्दा सहज हुँने अध्यक्ष पाईजाले बताए । भारतीय राजदुताबासबाट प्राप्त भएको बुलेरो जीप आइतबार गाउँपालिकाको केन्द्र ग्वालीचौर पु¥याईएको छ ।
‘साधन प्राप्त भएको छ, प्रक्रियाका काममा लागेका छौं’ पाईजाले भने ‘निशुल्क होईन सर्वसुलभ सेवा मात्रै दिनसक्यौं भने बिरामीले सुविधा पाउँछन् । छिमेकी पालिकाहरुमा एम्बुलेन्स नभएकाले त्यहाँका बिरामीको लागि समेत सहज हुने गाउँपालिकाले जनाएको छ । वडिगाडको छिमेकमा रहेका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा एम्बुलेन्स सेवा छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->