सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

समृद्धि दिवसमा टोल विकास संस्थालाई डस्टबिन वितरण

समृद्धि दिवसमा टोल विकास संस्थालाई डस्टबिन वितरण


  • सुवास आचार्य
  • असोज २२ २०७७, बिहिबार

बागलुङ, २२ असोज – बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सास्थाले संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत डस्टबिन वितरण गरेको छ । सहकारीले ११ औ समृद्धि दिवसको अवसरमा बागलुङ नगरपालिका–४ मा रमेटारमा रहेको प्रगतीनगर टोल विकास संस्थालाई डस्टविन वितरण गरेको हो ।
स्वस्थ सफा सुन्दर टोल निर्माण अभियान वनाउने उदेश्यले टोल विकास सस्थाको माग अनुसार अभियानमा सघाउ पुर्याउने उदेश्यले ९ हजार मुल्य बरावरका ३ वटा फलामका डस्टबिन वितरण गरिएको सहकारीले जनाएको छ । कार्यक्रममा वोल्दै सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले सहकारीले वचत तथा ऋणको काम मात्र नभई समुदायमा सकारात्मक प्रभाव पार्ने गतिविधिमा सघाउने वताए ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष सिता सापकोटा, बागलुङ चेम्वर अफ कमर्सका सचिव तेज वहादुर कुवँर लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम प्रगतीनगर टोल विकास संस्थाका अध्यक्ष भिम वहादुर खत्रीको अध्यक्षता, कोषाध्यक्ष रेखा शर्माको स्वागत र सचिव नारायण शर्माको संचालनमा सम्पन्न भएको थियो । सहकारीले ३ वटा डस्टविन सहयोग गरेपछी रमेटार खानेपानी उपभोक्ता सस्था,चुत्रेनी वानेकोपाखो सामुदायिक वन उपभोक्ता समितिले समेत टोल विकास सस्थालाई एक एक थान डस्टबिन सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->