आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित बागलुङमा ११ संक्रमित थपिए

जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित बागलुङमा ११ संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७७, शनिबार

बागलुङ, २४ असोज– बागलुङमा जनप्रतिनिधि र स्वास्थ्यकर्मि सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिकाका एक जना पुरुष जनप्रतिनिधि र एक जना महिला स्वास्थ्यकर्मिमा संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिकाका ७ जना, जैमिनी नगरपालिकाका ३ जना र ताराखोला गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । बागलुङ नगरपालिका–९ का २३ र ३० बर्षिय दुई जना पुरुष, वडा नम्बर १० का ४३ बर्षिय एक जना पुरुष, वडा नम्बर १ का ३८ बर्षिय एक जना पुरुष र ३५ बर्षिय एक जना महिला, वडा नम्बर ५ का ५५ बर्षिय एक जना पुरुष र बानपा–७ का ४५ बर्षिय एक जना महिला, जैमिनी नगरपालिका–१० का ४२ बर्षिय एक जना पुरुष, वडा नम्बर ७ का ३० बर्षिय एक जना पुरुष, वडा नम्बर ५ का ३४ बर्षिय एक जना पुरुष र ताराखोला गाउँपालिका–३ का ३३ बर्षिय एक जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । बागलुङ नगरका संक्रमित मध्ये तित्याङमा रहेका तामाखानीमा काम गर्ने नेपाली सेनाका सैनिकहरुलाई बोक्ने सवारी चालक र सहचालक रहेको र अन्य भारतदेखि आइ होम क्वारेन्टाइनमा बसेका रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनिहरु सबैलाई आईसोलेसन लैजाने तयारी भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->