आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

गण्डकीमा थपिए ३१ जना


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७७, शनिबार

बागलुङ, २४ असोज– गण्डकी प्रदेशमा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ । स्याङ्जा जिल्ला आँधिखोला–६ स्थायी ठेगाना भई बुटवल बस्दै आएका ८१ वर्षिय पुरुष र पूर्वी नवलपरासीको गैंडाकोट–१ का ३६ वर्षिय संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
स्याङ्जाका पुरुषको पोखरास्थित गण्डकी मेडिकलमा शुक्रबार राती साढे ११ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उनलाई शुक्रबारनै कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । उनमा मृगौला, मुटुरोगलगायतका समस्या थिए ।
यस्तै, गैँडाकोटका पुरुषको पनि शुक्रबार दिउँसो ३ ः ५५ बजे कलेज अफ मेडिकल साइन्स चितवनमा मृत्यु भएको हो । उनलाई असोज २० गते कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । उनमा पनि दिर्घ रोगहरुको समस्या रहेको मेडिकल कलेजलाई उदृत गर्दै निर्देशनालयले विज्ञप्तीमा उल्लेख गरेको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
गण्डकीमा थपिए ३१ जना
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, बागलुङमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नेपाली सेनाका चालकसहित ११ जनामा कोरोना पुष्टि भएको छ । बागलुङ नगरपालिकामा एक जना वडा सदस्य, एक जना स्वास्थ्यकर्मी र दुई जना सेनाको सवारी चालकमा संक्रमण देखिएको हो । भारतबाट आई क्वारेन्टाईनमा रहेका बागलुङ नगरपालिकाका ३ जना, जैमिनी नगरपालिकाका ३ जना र ताराखोलाका एक जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, तनहुँका ७ जना, गोरखाका ३ जना र कास्कीको पोखराका १० जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । कास्कीको पोखरा महानगरपालिका–३ का ३० वर्षिय महिला ओम अस्पताल, पोखरामा कार्यरत स्टाफ नर्स हुन् । तनहुँका २३ वर्षिय महिला जी.पी. कोईराला स्वाशप्रश्वास उपचार केन्द्र, दुलेगौडामा कार्यरत स्टाफ नर्स हुन् भने २९ वर्षिय महिला र २७ वर्षिय पुरुष सोही अस्पतालका प्रशासनमा कार्यरत कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->