आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७७, शनिबार

काठमाडौं,२४ असोज – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ। आफूलाई संक्रमण भएको जानकारी मन्त्री भट्टराईले सामाजिक सञ्जालबाट दिएका छन्।  आज शनिबार गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो।
भट्टराईले कोरोना संक्रमणपछि लक्षणका रुपमा आफूलाई हल्का ज्वरो आएको उल्लेख गरेका छन्।  ‘हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो’, उनले भनेका छन्, ‘आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वरोबाहेक अरु समस्या देखिएको छैन।’
शनिबार एकैदिन सुदूर पहाडका तीनवटा विमानस्थल उद्घाटन डेढ सातायता संघीय राजधानी बाहिरका विभिन्‍न जिल्लामा पुगिरहेका भट्टराईले गत सोमबार पनि कोरोना परीक्षण गराएका थिए। त्यसबेला उनको रिपोर्ट नेगेटिभ आएको थियो।  सोमबार कोरोना परीक्षण गराएपछि उनी बुधबार गृहजिल्ला ताप्लेजुङ, तेह्रथुम, संखुवासभामा हेलिकोप्टरबाट पुगेका थिए। उनले ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालसहित पुगेर बोर्डर आउट पोस्ट उद्घाटन गरेका थिए। त्यसपछि उनी काठमाडौं आएर पनि केही कार्यक्रममा सहभागी भएका थिए। उनले गत शनिबार बैतडीको पाटन, बझाङको चैनपुर र डोटीको दिपायल विमानस्थलको  एक कार्यक्रमबीच शनिबार उद्घाटन गरेका थिए।
ताप्लेजुङको मौवाटारमा बोर्डर आउट पोस्ट त्यसपछि बुधबार ताप्लेजुङको ओलाङचुङगोलामा पुगेर उनले बिओपीको उद्घाटन गरेका थिए। भट्टराईले ताप्लेजुङमै पुगेर कात्तिक १ गतेदेखि देशका धार्मिक संस्था खोल्ने बताएका थिए।  भट्टराईले आफूलाई संक्रमण भएपछि केही दिनयता सम्पर्कमा आएकाहरुलाई सतर्क रहन भनेका छन्। ‘केही दिनयता मसँग सम्पर्कमा आएकाहरूले सतर्क रहनु’, उनले भनेका छन्, ‘कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु। मेरा कारण कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्राथी छु। होसियार रहनु र परिआएमा सामना गर्नुबाहेक के नै पो विकल्प छ र ?’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->