कास्की, २७ असोज– माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकस्थित महेन्द्र माविमा नयाँ भवन बनाउन सुृरु गरिएको छ । राष्ट्रिय पुनः निर्माण प्राविधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) कास्कीको आर्थिक सहयोगमा भवन बनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीले बताए ।
करिब ९६ लाखको लागतमा चारकोठे भवन सहित ३ वटा सौचालय र ३ मिटर लम्वाइ, साँढे दुई मिटर चौडाइ र १.५ मिटर गहिराइको पानी ट्याङकी निर्माण हुने भएको अध्यक्ष अधिकारीले जनाए । मंसिर महिना भित्र सकिने गरि हाल चार कोठे पक्की (आरसिसी) भवन, शौचालय र खानेपानी ट्याङकी निर्माण कार्य सुरु भएको छ ।विद्यालयमा हाल एक जिर्णसहित ६ वटा भवन जसमा १८ कोठा रहेको प्रधानाध्यापक जगन्नाथ अधिकारीले बताए । यसैबिच, उक्त चार कोठे पक्की (आरसिसि) भवन, शौचालय र खानेपानी ट्याङकीको बिद्यालयमा हालै एक समारोहका बीच गण्डकी प्रदेशका सभासद रामजी बरालले शिलान्यास गरे ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा महेन्द्र मावि सहितका केही बिद्यालयमा पूनः निर्माणअन्र्तगत करिब १० करोड बजेट विनियोजन भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री अधिकारीले दाबी गरे । माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले भूकम्पले माछापुच्छ«े गाँउपालिकामा केही प्रभाव परेकोले पुनः निर्माण, खानेपानी ट्याङकी र सौचालय लगायतका संरचनाका करिब २८ वटा योजना आफ्नो क्षेत्रमा परेको जनाए ।





