बागलुङ, २८ असोज– आदर्श सञ्चार सहकारी संस्था सह–सम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिने भएको छ ।
रिलायव वचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंको २२ औं साधारणसभाको अवसरमा सहकारीका अभियान्ता केशव बडालको नाममा स्थापित नगद १५ हजारसहितको उक्त सम्मान पन्तलाई प्रदान गर्ने घोषणा गरिएको हो ।
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गरेकी हुन् । बागलुङलाई कार्यक्षेत्र बनाएर विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पन्त धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइनका सह–सम्पादक हुन् ।





