सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

कुश्मीशेरामा पिकअप भ्यान दुर्घटना, ७ जना सामान्य घाईते

कुश्मीशेरामा पिकअप भ्यान दुर्घटना, ७ जना सामान्य घाईते


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०७७, बुधबार

बागलुङ, २८ असोज– बागलुङ बजारबाट कुश्मीशेरातर्फ जाँदै गरेको ग१च ९३१७ नम्बरको पिकअप भ्यान जैमिनी नगरपालिका–१ कुश्मीशेरामा दुर्घटना भएको छ । दुर्घटनामा परी पिकअप भ्यानमा सवार ७ जना घाईते भएका छन् । घाईते सबैको अवस्था सामान्य रहेको प्रहरी चौकी कुश्मीशेराले जनाएको छ । भ्यान प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा नजिकैको सडकबाट २० मिटर तल खसेको थियो । घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->