आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा ५१ जनासहित गण्डकीमा थपिए ९७ संक्रमित

बागलुङमा ५१ जनासहित गण्डकीमा थपिए ९७ संक्रमित


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७७, बिहिबार

बागलुङ, २९ असोज– बागलुङमा ५१ जनासहित गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले बिहिवार बिहानै जारी गरेको बिज्ञप्ती अनुसार बागलुङ नगरपालिकाका ४२ जना पुरुष र ४ जना महिला, काठेखोला गाउँपालिकाका २ जना पुरुष र तमानखोला गाउँपालिकाका २ जना महिला र १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
नेपाली सेनाका २१ जना, नेपाल प्रहरीका १४ जना, हिरासतमा रहेका थुनुवा र केही स्थानीयमा समेतमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । तमानखोला, काठेखोला र बागलुङ नगरपालिका–४ का एक जना पुरुष बाहेक बागलुङका सबै संक्रमित कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिकाका ३० जना, गोरखाको पालुङ्टारका ७ जना, नवपुरको कावासोतीका २ जना, हुप्सेकोटका ४ जना, लमजुङको दुध पोखरीका २ जना र सुन्दर बजारका १ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकीमा संक्रमितको संख्या ५ हजार २ सय ८४ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->