बागलुङ, ३० असोज– बागलुङका २५ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–७ का ती पुरुषको पुरुषको असोज २९ गते राती मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले शुक्रबार दिउँसो जारी गरेको विज्ञप्ती अनुसार उनी सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत थिए । निर्देशनालयले उनी असोज २५ गते अस्पताल भर्ना भएको र २७ गते कोरोना पुष्टि भएको जनाएको छ । यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छभने गण्डकी प्रदेशमा ४८ पुगेको छ ।





