शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

आर्मेनिया र अजरबैजानबीच मानवीय युद्धविराम घोषणा

आर्मेनिया र अजरबैजानबीच मानवीय युद्धविराम घोषणा


  • एजेन्सी
  • कार्तिक २ २०७७, आइतबार

काठमाण्डौ, २ कार्तिक– २१ दिनदेखि लडाईँ गरिरहेका आर्मेनिया र अजरबैजानले नागोर्नो काराबाख क्षेत्रमा मानवीय युद्धविराम घोषणा गर्न सहमति जनाएका छन् । दुवै देशले पछिल्लो युद्धविराम आज मध्यरातदेखि लागू हुने घोषणा गरेका छन् ।
यसअघि गत साता पनि युद्धरत यी दुई देशले युद्धविरामको निर्णय गरेका थिए । तर सो निर्णय लिएको भोलिपल्टै काराबाख क्षेत्रमा पुनः युद्ध भएको थियो ।
अहिले पनि सिजफायर घोषणा गरेपनि दुवै देशका सेनाबीच झडप जारी छ । पूर्ववत् सम्झौता उल्लंघन गरेको भन्दै शनिबार (हिजो) आर्मेनिया र अजरबैजानले एक अर्कोमाथि आरोप लगाएका थिए । सेप्टेम्बर २७ तारिखदेखि शुरू भएको युद्धका क्रममा अहिलेसम्म सयौं सैनिक तथा सर्वसाधारणको ज्यान गइसकेको छ । हजारौं मानिसहरु विवादित नागोर्नो काराबाख क्षेत्रबाट विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->