बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

किसानले उत्पादन गरेको बस्तुको बजार सुनिष्चित सरकारले गर्नुपर्छ : कोइराला

किसानले उत्पादन गरेको बस्तुको बजार सुनिष्चित सरकारले गर्नुपर्छ : कोइराला


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७७, आइतबार

पोखरा, २ कार्तिक– गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति सांसद दीपक कोइरालाले किसानले उत्पादन गरेको कृषि उत्पादनको बजार सुनिश्चितता हुन्ुपर्नेमा जोड दिएका छन् । शनिबार आमा मिलन बचत तथा ऋण सहकारी सस्थाको पोखरा ३१ मोहोरीयामा चक्रदेवी सेवा केन्द्रको शुभारम्भ गर्दे उनले सो कुरा बताएका हुन् । सरकारले कृषि उपजको न्युनतम मुल्य तोक्नुपर्ने र बजार ब्यवस्थापनमा सहयोग उनको भनाई थियो । पशु तथा बाली बीमालाई अनिवार्य पारिनुपर्ने उनले बताए ।
जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सावित्री भण्डारीले मोहोरीयामा सेवा केन्द्र राखेर त्यस क्षेत्रको सहकारी सदस्यहरुलाई सेवा दिन सुरु गरेकोमा खुसी व्यक्त गरिन् । वडा नं ३० का वडाध्यक्ष श्रीराम पोखरेलले सहकारीहरुले आफ्ना सदस्यको आय आर्जनमा विशेष ध्यान दिनुपर्ने बताए । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले प्रदेश सकारले गण्डकी प्रदेशमा पाउडर प्लान्ट स्थापना गर्नुपर्ने धारणा राखे । सहकारीमा १५ सय ३५ सदस्य रहेका छन् भने संस्थाको ४६ करोड पूँजि रहेको छ । कार्यंक्रममा आमा मिलन बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष इन्दिरा पौडेल संस्थाका प्रवन्धक ध्रुवराज पौडेललगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->