आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०७७, बुधबार

काठमाडौं, ५ कात्तिक – पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् । पछिल्लो २४ घण्टामा देशभर थप २९ सय ९६ संक्रमितहरू निको भएका छन् ।  योसँगै नेपालमा हालसम्म एकपटक कोरोना लागिसकेर निको हुनेहरूको कुल संख्या ९९ हजार ६०५  पुगेको छ । नेपालमा हाल ४४ हजार ६७६ जना सक्रिय संक्रमित छन् । आज १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा छन्भने बाँकी २९ हजार ८०० जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा २० हजार ११८ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->