बागलुङ, ७ कात्तिक– तनहुँको व्यास नगरपालिकामा एक जना पुरुषको शव फेला परेको छ । व्यास-३ अनसनचौतारीमा नाम, थर नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ५० वर्षका पुरुष मृत अबस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको गण्डकी प्रदेश प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।त्यस्तै भारत आन्द्रा प्रदेश घर भई काठमाण्डौ स्यमम्भु स्थित डेरा गरि बस्ने मनमोहन मेडिकल कलेज काठमाण्डौमा अध्ययन गर्ने वर्ष २५ का किशोर कुमारको पोखरामा मृत्यु भएको छ । साथीहरुसँग पोखरा घुम्नको लागि बुधबारपोखरा आएका उनि एकासी बिरामी परेपछि चरक अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । उनको मृत्युको कारण नखुलेको रेग्मीले बताए ।
भिरबाट लडेर मृत्यु
पोखरा महानगरपालिका -१५ खहरेमा भिरबाट लडेर किसोरको मृत्यु भएको छ । शुक्रबार बिहान भिरमा घाँस काट्न गएका टुटुङ्गा बस्ने २३ बर्षिय साजन परियारको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।





