बागलुङ, ९ कात्तिक- बिभिन्न कामको शिलशिलामा अष्ट्रेलियामा रहेका बागलुङेहरुको भेला शनिवार सम्पन्न भएको छ । दशैंको अवसर पारेर त्यहाँ रोजगारी र पढाईको शिलशिलमा रहेकाहरु भेला भएका हुन् । अष्ट्रेलियाको एडिलेड शहरमा रहेकाहरुको बिचमा दशैं बिषेश भेला गरिएको नविन सागरले जानकारी दिए । दशैं भेटघाट र अष्ट्रेलियामा
रहँदा भएका समस्याको बिषयमा छलफल गर्न भेला आयोजना गरिएको उनले बताए । “कामका लागि बिदेशमा रहँदा आफ्ना पर्वको न्यास्रो नलागोस भनेर भेला आयोजना गरेका हौं, भेटघाट भयो, समस्याका बिषयमा छलफल भए” कार्यक्रमका संयोजक रिजन केसीले भने । भेलामा एडिलेडमा रहेका बाग्लुङे दाजुभाइलाई कुनैपनी समस्या पर्दा एक आपसमा सहयोग गर्ने र त्यसका लागि कोष समेत स्थापना गरिएको गलकोट मल्मका प्रकाश गौतमले जानकारी दिए ।





