मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीले लगाए दसैं टीका

राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीले लगाए दसैं टीका


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०७७, सोमबार

काठमाडौं , १० कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैंको टीका लगाएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले शीतल निवास पुगेर बडादसैंको टीका ग्रहण गरेका हुन् । टीकासँगै राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई  जमराको माला लगाइदिएकी छन् । उक्त अवसरमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले समेत राष्ट्रपतिको हातबाट टीका लगाएर जमराको माला ग्रहण गरेकी छन्।
प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओली गृहजिल्ला  झापामा भएकाले यसपटक ओलीले बालुवाटारमा टीका नलगाएका हुन्। बालुवाटारमा पत्नी राधिकालाई टीका लगाइदिएर ओली टीका थाप्न शीतल निवास पुगेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले भने शीतल निवासमै आमा मिथिला पाण्डेका हातबाट टीका लगाएकी छन् । दसैं टीकाको उत्तम साइत १० बजेर १९ मिनेटको शुभसाइतमा भण्डारीले आमाको हातबाट टीका र जमरा ग्रहण गरेकी हुन्। आमाको हातबाट टीका लगाएपछि राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्ती पनि टीका लगाइदिएकी छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->