काठमाडौं, १२ कात्तिक – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को कात्तिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड– १९ महामारीको बढ्दो प्रकोपका कारण देखाउदै स्थगित भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले बुधवार विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मंसिर १५ देखि १७ गते आयोजना गरिने जनाइएको छ । आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्नेछ ।





