शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

फ्रान्समा देशव्यापी लकडाउन घोषणा

फ्रान्समा देशव्यापी लकडाउन घोषणा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०७७, बिहिबार

काठमाडौं, १३ कात्तिक – फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका छन्। कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि फ्रान्सले यस्तो निर्णय लिएको हो। दोस्रो पटक घोषणा गरिएको लकडाउन नोभेम्बर भर लागु हुने जनाइएको छ। म्याक्रोले राष्ट्रका नाममा शक्रबार सम्वोधन गर्दै लकडाउनका नयाँ प्रतिवन्धका बारेमा जानकारी दिए। मानिसहरुलाई जरुरी काम र स्वास्थ्य सम्वन्धी कामका लागि मात्र घरबाट बाहिर निस्कने अनुमति दिइएको छ। रेस्टुरेन्ट, बारहरु बन्द रहने छन्। तर स्कुल, उद्योग भने खुला रहने छन्। फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अप्रिल पछि अहिले सबैभन्दा उच्च रहेको छ। मंगलबार ३३ हजार नयाँ संक्रमित थपिएका छन्। म्याक्रोले भनेका छन्, ‘देशमा दोस्रो लहरको खतरा आएको छ। यसमा कुनैं शंका छैन कि यो पहिलो भन्दा खतरा हुने छ।’
फ्रान्सका अस्पतालका आईसीयू बेड सबै कोरोना विरामीले भरिएको उनले बताए। मानिसहरुले घर छोड्नका लागि एक फर्म भर्नु पर्ने छ। मानिसहरुलाई एक आपसमा भेटघाट गर्न प्रतिवन्ध लगाइएको छ। राष्ट्रपतिले भनेका छन्, ‘बसन्त ऋतु जस्तै जरुरी काममा जान, मेडिकल अपोइन्टमेन्ट लिन, आफन्तको मदतमा जान, जरुरी सामान खरिद गर्न र आफ्नो घर नजिकै ताजा हावा खान मात्र घरबाट बाहिर निस्कन पाइने छ।’ नागरिकका लागि व्यामको लागि १ घण्टा समय दिइएको छ। घरबाट काम गर्न असम्भव भएको खण्डमा मात्र यात्रामा जान अनुमति रहेको छ। यो प्रतिवन्ध १ डिसेम्बरसम्म लागु हुने छ। हरेक दुई हप्तामा यसको मूल्याङकन गरिने छ। म्याक्रोले क्रिसमससम्मा सबै एक आपसमा भेट हुने उनले आशा व्यक्त गरेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->