म्याग्दी, १४ कात्तिक – जीप दुर्घटनामा परी म्याग्दीमा एकजना महिलाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाईते भएका छन् । म्याग्दीको रगुगङ्गा गाउपालिकाको ठाडाखानीदेखि सदरमुकाम बेनी बजार आउँदै गरेको ध १ ज ८९६ नं. को जीप गलेश्वर सडक खण्डमा शुक्रवार दिउसो दुर्घटना भएको हो । सो दुर्घटनामा परी जीपमा सवार एक जनाको घट्नास्थलमा नै मृत्यु भएको र ५ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घाईते सवैको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट खसी कालीगण्डकी नदीको किनारामा पुगेको थियो । जीपमा सवार ७ जनामध्ये एक जना सामान्य घाइते छन् । घट्नास्थल सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए । घट्नाको विस्तृत विवरण आईपुगेको छैन् । सवारी चालक सामान्य घाईते छन् ।





