बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गलेश्वर जीप दुर्घटना : गम्भीर घाईते ३ जनालाई पोखरा पठाइयो

गलेश्वर जीप दुर्घटना : गम्भीर घाईते ३ जनालाई पोखरा पठाइयो


  • साजन नेपाली
  • कार्तिक १४ २०७७, शुक्रबार
जीप दुर्घटनामा घाईतेको म्याग्दी अस्पतालमा उपचार हुँदै । तस्विर: साजन नेपाली/ढोरपाटन

म्याग्दी, १४ कात्तिक – गलेश्वर जीप दुर्घटनामा परी घाईते भएका ३ जनालाई म्याग्दी जिल्ला अस्पतालमा सामान्य उपचारपछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा पठाइएको छ । गम्भीर घाईते बेनी नगरपालिका-८ का ४३ बर्षिय दल प्रसाद गौचन, पाखापानीका-८ बर्षिया दिपा शेरपुञ्जा र चालक पाखापानीका ३१ बर्षिया नन्दलाल छन्त्याललाई पोखरा पठाइएको अस्पतालले जनाएको छ । अन्य घाईतेको म्याग्दी अस्पतालमा उपचार भइरहेको छ । कोटगाउँका २० बर्षिया सिर्जना शेरपुञ्ज, पाखापानीका ८ बर्षिया दिक्षा शेरपुञ्जा, ७ बर्षिया इच्छा शेरपुञ्जा, ठाडाखानीका ३० बर्षिया बसन्त छन्त्याल, कोटगाउका ५० बर्षिया ओसोवा पाइजा, पाखापानीका ४० बर्षिया कुमारी शेरपुञ्जाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा भुरुङ तातोपानीका १० बर्षिया रिघा विकको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । रगुगङ्गा गाउपालिकाको ठाडाखानीदेखि सदरमुकाम बेनी बजार आउँदै गरेको ध १ ज ८९६ नं. को जीप गलेश्वर सडक खण्डमा शुक्रवार दिउसो दुर्घटना भएको हो । जीप सडकबाट करिव ३० मीटर तल कालीगण्डकी नदीको किनारामा पुगेको थियो । घट्नास्थल सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->