आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

२४ घण्टामा थपिए ३ हजार ५ सय १७ कोरोना संक्रमित

२४ घण्टामा थपिए ३ हजार ५ सय १७ कोरोना संक्रमित


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०७७, शुक्रबार

काठमाडौं, १४ कात्तिक – पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ९६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ जना पुगेको छ । २४ घण्टामा १४ हजार ९ सय ८९ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३ सय ५७ जना छन् भने २ हजार ६ सय ६६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->