तनहुँ, १६ कात्तिक– तनहुँ प्रहरीले आईतबार विभिन्न मुद्धामा फरार रहेका २६ जना प्रतिवादीलाई प्रकाउ गरेको छ । फरार प्रतिवादी प्रकाउ अभियान चलाईरहेको तनहुँ प्रहरीले अदालतबाट फैसला भई दण्ड, जरिवाना तोकिएकोमा भुक्तान नगरी फरार भएका प्रतिवादीलाई प्रकाउ गरि अदालतमा पेश गरेको हो ।
करकाप मुद्धाका फरार ८ जना, लिखित बेईज्जती मुद्धाका ६, जारी मुद्धाका ५, गाली बेईज्जती र साधारण चोरी मुद्धाका २/२ जना, नाता कायम, सम्बन्ध विच्छेद, बैकिङ कसुरका १/१ जना फरार प्रतिवादी प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिनाले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र मातहातका प्रहरी ईकाइबाट प्रकाउ गरिएको हो ।
प्रकाउ परेका ती फरार प्रतिवादीबाट ४ बर्ष ४ महिना १३ दिन कैद र ७ लाख १६ हजार ६ सय २० रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको तिम्लिसिनाले बताए । कैद र जरिवाना भुक्तानका लागी तनहुँ अदालत पेश गरेको उनको भनाई छ ।





