बागलुङ, १८ कात्तिक– बागलुङमा दुई जना स्वास्थ्यकर्मीसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ९ जना र बडिगाड गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ नगरपालिका वडा नं. २ का ४६ वर्षिय पुरुष, ३७ वर्षिय महिला र १७ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, वडा नं. ३ का ५६ वर्षिया महिला, ६१ वर्षिय पुरुष र ५७ वर्षिया महिला रहेका छन् । वडा नं. १३ का २४ वर्षिय दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । वडा नं. ४ का ४५ वर्षिया महिला र बडिगाड गाउँपालिका वडा नं. ३ का ३६ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका महामारी रोग स्रोतव्यक्ति देवप्रकाश घिमिरेले बताए ।
संक्रमितमध्ये एक जना स्वास्थ्य कार्यालय र अर्का एक जना बागलुङ नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी हुन् । चार जना कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन्भने २ जना बिदेश र १ जना काठमाण्डौबाट आई क्वारेन्टाईनमा रहेका व्यक्तिहरु हुन् ।





