तनहुँ, १९ कात्तिक– तनहुँको खैरेनीटार बजारमा ७ जना जुवाडे प्रकाउ परेका छन् । यहाँको सापकोट होटलमा जुवा खेलिरहेका तनहुँ, बाग्लुङ र पर्वतका जुवाडे मंगलबार साँझ नगदसहित प्रकाउ परेका हुन् । प्रकाउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–११ का दिपक श्रेष्ठ, दिपक विक, शंकर शर्मा, कमल थापा, व्यास नगरपालिका–१० का मोतिकुमार श्रेष्ठ, बाग्लुङको ढोरपाटन नगरपालिकाका टेक छन्त्याल र पर्वतको बालकोटका रवी गुरुङ रहेका छन् ।जुवा खेलिरहेको गोप्य सुचना पाएर होटलमा छापा मार्दा उनीहरुलाई नगद १ लाख ९७ हजार ९ सय ५० रुपैयाँ र एक बुक तास सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिनाले बताए । उनीहरुलाई जुवातास कसुर अन्र्तगत कारबाहीको तयारी भईरहेको उनको भनाई छ ।





