शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशका कृषि मन्त्रीलाई कोरोना पुष्टि, होम आइसोलेसनमा वसे

गण्डकी प्रदेशका कृषि मन्त्रीलाई कोरोना पुष्टि, होम आइसोलेसनमा वसे


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०७७, बुधबार

पोखरा, १९ कात्तिक – गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापालाई कोरोना संक्रमण भएको छ । पोखरास्थित प्रदेश प्रयोगशालामा भएको स्वाब परीक्षणको क्रममा बुधबार मन्त्री थापालाई कोरोना संक्रमण पुष्टि भएको थापाका स्वकिय सचिव भरत खनालले बताए । नेकपा गोरखा जिल्ला अध्यक्ष समेत रहेका थापालाई स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सोमबार स्वाब लिएर परीक्षणको लागि पठाइएको थियो । मन्त्री थापा हाल होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको खनालले बताए । सामान्य रुघाखोकी देखिएदेखि नै भेटघाट बन्द गरेर मन्त्री थापा होम आइसोलेसनमा थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->