मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

प्रसारण लाइन प्रभावितलाई रु १० करोड क्षतिपूर्ति

प्रसारण लाइन प्रभावितलाई रु १० करोड क्षतिपूर्ति


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०७७, बिहिबार
फाईल तस्विर

म्याग्दी, २० कात्तिक– दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको म्याग्दी खण्डको तारमुनि पर्ने घर–जग्गाको क्षतिपूर्ति वितरण शुरु भएको छ । कालीगण्डकी कोरीडोर प्रसारण लाइन आयोजनाले म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको आठ वटा वडामा ४९५ कित्ता जग्गा र १९ वटा संरचनाका धनीलाई रु १० करोड पाँच लाख क्षतिपूर्ति बाड्न लागेको जनाएको छ ।
आयोजना प्रमुख चन्दनकुमार घोषले ३९ दशमलब ६ किलोमिटर दूरीको प्रसारण लाइनको मध्यभागबाट दायाँ र बायाँ १५÷१५ मिटरभित्र पर्ने निजी जग्गा र संरचनाका धनीलाई क्षतिपूर्ति वितरण गर्न शुरु गरेको जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित स्थानीय तह र वडाका जनप्रतिनिधिसहितको बैठकले प्राविधिक समितिले तयार पारेको प्रतिवेदन तथा मूल्याङ्कनका आधारमा टावर प्याडमा निर्धारण भएको मुआब्जाको १० देखि २५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।
प्रसारण लाइनको अधिकार क्षेत्रभित्र पर्ने जग्गामा संरचना निर्माण र रुख बिरुवा रोप्न नपाउने भएकाले क्षतिपूर्ति दिने व्यवस्था छ । लाइनको अधिकार क्षेत्रमा पर्ने जग्गामा खेतीबाली लगाउन भने पाइन्छ । क्षतिपूर्ति लिनका लागि बैंकमा खाता खोलेर वडा कार्यालयको सिफारिससहितका कागजात लिएर बेनीस्थित कार्यालयमा सम्पर्क गर्न आयोजना प्रमुख चन्दनकुमार घोषले प्रभावितलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->