मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

विवादका विच प्रचण्डले बोलाए नेकपाको सचिवालय बैठक

विवादका विच प्रचण्डले बोलाए नेकपाको सचिवालय बैठक


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०७७, शुक्रबार

काठमाडौं, २१ कात्तिक – विवाद उत्कर्षमा पुगेकै बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । दाहालले शुक्रबार ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् ।
बैठकका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिए पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने बालुवाटार स्रोतले बतायो । बिहीबार मात्रै दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ता सकारात्मक हुन सकेको थिएन । अध्यक्ष दाहालले बैठक बोलाएर सबै समस्याको छलफल त्यहीँ गर्न अडान राखेका थिए । अर्का अध्यक्ष ओली भने बैठक अघि दुई अध्यक्षबीच समझदारी भएपछि मात्रै बैठक बोलाउने अडानमा छन् । यहीबीचमा अध्यक्ष दाहालले पार्टी कार्यालयमा सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->