शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

हङकङको नेपाली रेस्टुरेन्टमा आगलागी : कम्तिमा ७ को मृत्यु, अधिकांश नेपाली

हङकङको नेपाली रेस्टुरेन्टमा आगलागी : कम्तिमा ७ को मृत्यु, अधिकांश नेपाली


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०७७, सोमबार

हङकङ –हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। जसमध्ये अधिकांश नेपाली रहेको अधिकारीहरूले बताएका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक ९ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ पुरुष र ३ जना महिला रहेका छन्। मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन्। त्यस्तै गम्भीर अवस्थामा ३ पुरुष र ४ महिलाको अस्पतालमा उपचार भइरहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
यसैगरी अन्य दुई जनाको समेत अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते १८ मध्ये केही भने उपचारपछि डिस्चार्ज भएका छन्। अधिकारीहरूका अनुसार क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगलागी जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट भएको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->