बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शान्ति माध्यामिक बिद्यालयमा भुकम्प मापन यन्त्र जडान

शान्ति माध्यामिक बिद्यालयमा भुकम्प मापन यन्त्र जडान


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७७, आइतबार

बागलुङ, ७ मंसिर– जिल्लाको जैमिनी नगरपालिकाको मुकाम कुश्मिसेरामा रहेको शान्ति माध्यामिक बिद्यालयमा भुकम्प मापन यन्त्र जडान गरिएको छ । जैमिनी नगरपालिकाको चालु आर्थिक बर्षको कार्यक्रम अनुसार १ लाख ५० हजार रुपैयाँको लागतमा सो यन्त्र जडान गरिएको जैमिनी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक खेमप्रसाद आचार्यले जानकारी दिए ।
भुकम्प सम्बन्धी शिक्षा, जनचेतना तथा सचेतना दिनको लागि यन्त्र उपयोगी हुने उनको भनाई रहेको छ । यन्त्रले २ दशमलव ५ रेक्टर स्केल माथीको भुकम्पको मापन गर्न सक्ने उनले जानकारी दिए । स्थानिय स्तरको २ दशमलव ५ माथी र ४ रेक्टर स्केल भन्दा माथी नेपालभरी गएका भुकम्पको जानकारी यन्त्रले दिन सक्ने र ७ रेक्टर स्केल सम्मका विश्वभरका भुकम्पीय गतिविधि पनि यन्त्रले मापन गर्ने आचार्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->