मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

दुइ करोडमा निर्वाचन क्षेत्र पूर्वाधार साझेदारीका २५ आयोजना

दुइ करोडमा निर्वाचन क्षेत्र पूर्वाधार साझेदारीका २५ आयोजना

अधिकांश योजनामा ३ देखि ५ लाख रुपैयाँ रकम विनियोजित छ । विनियोजित रकममध्ये अधिकांस सडक स्तरोन्नतीका रकम छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७७, आइतबार

बागलुङ, ७ मंसिर– गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापा संयोजक रहेको निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रममार्फत बागलुङका २५ वटा कार्यक्रम सूचिकृत गरेका छन् ।
थापासहित पियारी थापा र साबित्रा रानाको समितिले २ करोड रुपैयाँको लागतमा ती कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको हो । उक्त रकम बाँडफाँडपछि सम्बन्धित कार्यालयले कार्यान्वयन गर्नेछन् ।
विनियोजित रकम अनुसार सर्कुवाको झाँक्रीखोला जनता मावि सडकका लागि २८ लाख रुपैयाँ विनियोजन गरिएको छ । माइकोथान व्याडथला, राङखानी, डाँडाखानी पर्यटकीय सडकका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको हो । अन्य आयोजनाका लागि भने सानो सानो रकम विनियोजन गरिएको छ ।
किदैखानी, सल्यानधारा खोलाखानी सडक मर्मतका लागि १० लाख, जैदीमा खेल मैदान विस्तारमा ६ लाख, कुश्मीसेरा सिरवारी खेल मैदानका लागि ८ लाख, बरेङस्थित कृषि फर्म पशुफर्म पूर्वाधार विस्तार कार्यक्रमका लागि १४ लाख रकम विनियोजन गरिएको छ ।
जैमिनी–४ मा पार्क तथा टावर निर्माणका लागि ४ लाख, अमलाचौर पदमार्गका लागि २ लाख, कुश्मीसेरा रुम्टा खेल मैदानका लागि १० लाख र बाटाकाचौरको कृषि तथा पर्यटकीय मार्ग निर्माणमा १० लाख रकम विनियोजन गरिएको छ ।
अन्य अधिकांश योजनामा ३ देखि ५ लाख रुपैयाँ रकम विनियोजित छ । विनियोजित रकममध्ये अधिकांस सडक स्तरोन्नतीका रकम छ । कृषि, खेलमैदान र पदमार्गजस्ता निर्माणमा अधिकांस वडा तहमा रकम पुग्ने गरी विनियोजन गरिएको थापाले विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->