शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

६ हजार २ सय १४ जना निको भए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७७, आइतबार

पोखरा, ७ मंसिर – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । आइतबार १ सय २५ संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको हो । आइतबार प्रदेशका ५ जिल्लामा १ सय २५ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
आइतबार गण्डकी प्रदेशमा थपिनेमा कास्कीका १ सय ७ जना छन् । बागलुङका १२, तनहुँ, पर्वत र स्याङ्जामा समान २/२ संक्रमित छन् । गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ६१ पुगेको छ । तीमध्ये ६ हजार २ सय १४ जना निको भएका छन् भने १ सय ४१ को मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->