बागलुङ, ७ मंसिर– यहाँको एक जोडिले बिबाह खर्च कटाएर आफ्ना बाबुको नाममा स्थापना गरेको स्मृति कोषबाट छात्रावृत्ति वितरण गरेका छन् ।
काठेखोला गाउँपालिका–७ रेशमा रहेको रेश नुन्थला माध्यमिक विद्यालयका पूर्व शिक्षक चन्द्र प्रसाद शर्माको स्मृतिमा छोरा बुहारीले स्थापना गरेको स्मृति कोषबाट छात्रावृत्ति तथा पुरस्कार वितरण गरिएको हो ।
गत बर्ष छोरा तीर्थप्रसाद गौतम र बुहारी तारा शर्माले बिबाह खर्च कटाएर ‘स्व.चन्द्रप्रसाद गौतम स्मृति कोष–२०७६’ स्थापना गरेका थिए । विद्यालयमानै स्थापना भएको कोषले स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय समाजसेवी बुद्धिजीवी, विद्यार्थी एवं स्मृति कोषका संरक्षकको सहभागितामा छात्राबृत्ति तथा पुरस्कार वितरण गरिएको थियो ।
पुर्व प्राथमिक तहदेखि मा.वि. तह सम्मका उत्कृष्ट, गरिव तथा जेहेन्दार छात्र÷छात्रा, उत्कृष्ट अंक ल्याएर एसईई उत्तिर्ण गर्ने छात्र÷छात्रा र उत्कृष्ट बुहारी विद्यार्थी (विवाहित छात्रा)लाई छात्रवृत्ति तथा उत्कृष्ट वर्ष शिक्षक लाई पुरस्कार वितरण गरिएको कोषका संरक्षनक तारा शर्माले बताईन् । उनीहरुले बिबाहमा गरगहनामा हुने खर्च कटाएर कोष स्थापना गरेका थिए ।





