बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

धौलागिरि अस्पतालका अध्यक्ष रानालाई कोरोना पोजेटिभ

धौलागिरि अस्पतालका अध्यक्ष रानालाई कोरोना पोजेटिभ


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७७, शुक्रबार

बागलुङ, १२ मंसिर– धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा सामाजिक अगुवा केबी राना मगरलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
सामान्य रुघाखोकी लागेपछि रानाले आँफू र आफ्नो परिवारका सदस्यको पिसिआर गराएका थिए । शुक्रबार बिहान उनकोसहित परिवारका अन्य दुई जनाको पोजेटिभ रिपोर्ट आएको रानाले सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका छन् । ‘सामान्य रुघाखोकी थियो, डाक्टरकै सल्लाह अनुसार पिसिआर गराएँ, पोजेटिभ रिपोर्ट आयो’ उनले भने, ‘घरभित्रै आइसोलेसनमा बसेको छु ।’
बहिरा विद्यालयका अध्यक्षसमेत रहेका राना कक्षा १२ को परीक्षा तयारीमा पनि जुटेका थिए । बहिरा विद्यालयमा हेटौडादेखि आएका शिक्षक र अन्य दुई विद्यार्थीमा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको कन्ट्रयाक्टका कारण पनि संक्रमण भएको हुनसक्ने उनले आशंका व्यक्त गरे । ‘उनीहरुको सम्पर्कबाट पनि हुन सक्छ, अन्य कारण पनि हुन सक्छ’ उनले भने, ‘आफ्नो सम्पर्कमा रहेकालाई समयमै सचेत होउन भनेर सम्झाएको छु ।’ स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जिल्लामा रिपोर्ट आउन ढिला भएपनि पोखराबाट रानालाई जानकारी आएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->