बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गौ संरक्षणमा पराल सहयोग

गौ संरक्षणमा पराल सहयोग

नगरमा छाडा चौपायको संख्या बढ्दै जादाँ सडक दुर्घटना र कृषि बालीको क्षति भएपछि २०७५ बैशाख देखि शुक्लागण्डकी नगरपालिकाले गौ संरक्षण केन्द्र स्थापना गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७७, शनिबार

तनहुँ, २० मंसिर– शुक्लागण्डकी नगरपालिका– ९ मा सञ्चालन गरिएको गौ संरक्षण केन्द्रमा संरक्षित पशुचौपायलाई यहाँका २ टोल विकास संस्था मिलेर पराल र नुन सहयोग गरेकाछन् । शुक्लागण्डकी–३ को टार टोल विकास संस्था र भुलभुले बाराही टोल विकास संस्थाले शुक्रबार संयुक्त रुपमा संरक्षण केन्द्रमा आश्रित गाई गोरुलाई ६० भारी पराल र २ बोरा नुन सहयोग गरेका हुन् ।
धार्मिक रुपमा समेत पुजिने राष्ट्रिय जनावर गाईको सेवागर्न पाउनु भाग्यको कुरा भएको टार टोल विकास संस्थाका सदस्य तथा भुलभुले बाराही भजन समूहका अध्यक्ष जिवनाथ गर्र्तौलाले बताए ।
श्ुाक्लागण्डकी नगरपालिकाद्धारा सञ्चालित संरक्षण केन्द्रमा हाल १ सय ३० भन्दा बढी गाई र ३ वटा गोरु छन् । नगरमा छाडा चौपायको संख्या बढ्दै जादाँ सडक दुर्घटना र कृषि बालीको क्षति भएपछि २०७५ बैशाख देखि शुक्लागण्डकी नगरपालिकाले गौ संरक्षण केन्द्र स्थापना गरेको हो । केन्द्रमा पशुचौपायको हेरचाहकालागि नगरपालिकाले २ जना सहयोगी कर्मचारी राखेको छ ।
संरक्षण केन्द्रका कोषाध्यक्ष भिष्म पौडेलले हिउँद महिनामा चरन क्षेत्रमा घाँस सुक्ने भएकाले सहयोगीले दिएको पराल, दाना, चोक्कर, नुन लगायतका सामग्रीले थोरै भएपनि सहज भएको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->