शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७७, शनिबार

काठमाडौं, २० मंसिर – पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४०२ महिला र ६२२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बितेको २४ घण्टामै देशभर २२०६ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ । सो बीचमा ६ हजार ७४ जनाको कोरोना परीक्षण भएको थियो ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना रहेको छ । देशभर सक्रिय संक्रमित १४ हजार २५५ जना रहँदा निको हुने दर ९३.४ प्रतिशत रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ । अझैपनि ५३६ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->