मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

प्रस्ताव अध्ययन भन्दै स्थायी कमिटी बैठक मंसिर २८ सम्म स्थगित

प्रस्ताव अध्ययन भन्दै स्थायी कमिटी बैठक मंसिर २८ सम्म स्थगित

प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाए, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०७७, आइतबार
धुम्बाराहीमा जारी स्थायी कमिटी बैठक । तस्बिर : नेकपा पार्टी सचिवालय

काठमाडौं, २१ मंसिर – प्रस्ताव अध्ययन भन्दै सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्तासम्मलाई स्थगित भएको छ । आइतबारबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठक मंसिर २८ सम्मलाई स्थगित भएको हो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागि भएका थिएनन् । तर, ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाएको पौडेलले बताए । उक्त पत्रलाई सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएका थिए । पत्रमा ओलीले पुरानै अडान दोहोर्‍याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ओलीले अर्का अध्यक्ष दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्‍य नभएको भन्दै त्यसको फिर्ताको अडान राखेका छन् । यस्तै, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->