बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

संक्रमित विद्यार्थीको कागजात मंसिर मसान्तसम्म बुझाउन परीक्षा बोर्ड निर्देशन

संक्रमित विद्यार्थीको कागजात मंसिर मसान्तसम्म बुझाउन परीक्षा बोर्ड निर्देशन


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०७७, सोमबार

काठमाण्डौ, २२ मंसिर–राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई कोभिड संक्रमण भई कक्षा–१२ को परीक्षा रोकिएका विद्यार्थीको आवश्यक कागजात मंसिर मसान्तभित्र सम्बन्धित बोर्डमा बुझाउन आग्रह गरेको छ । बोर्डले एक सूचना जारी गर्दै २०७७ कात्तिक २४ गतेदेखि मंसिर १६ गतेभित्र संक्रमित भएको विद्यार्थीको विवरण बुझाउन आग्रह गरेको हो ।
बोर्डले सूचनामार्फत कोभिड भएको भए सरकारबाट मान्यताप्राप्त प्रयोगशालाबाट लिइएको ‘कोभिड १९ पोजेटिभ रिपोर्ट’ सम्बन्धित विद्यालयमा मंसिर २६ गतेभित्र पेश गर्न विद्यार्थीलाई निर्देशन दिएको छ ।
सूचनामा भनिएको छ,‘सम्बन्धित विद्यालयले संक्रमित विद्यार्थीको नाम,रजिष्ट्रेशन नम्बर,सिम्बोल नम्बर,परीक्षा दिने विषय एवं कोभिड–१९ पोजेटिभ रिपोर्ट (प्रधानाध्यपकले प्रमाणित गरेको छायाप्रति) सहित विवरण ०७७ मंसिर मसान्तभित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउनु हुन सबैलाई सूचित गरिन्छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->