शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

फाइजरको कोरोना विरुद्धको खोप प्रयोग गर्न अमेरिकाले दियो अनुमति

फाइजरको कोरोना विरुद्धको खोप प्रयोग गर्न अमेरिकाले दियो अनुमति


  • एजेन्सी
  • मंसिर २७ २०७७, शनिबार

काठमाण्डौ, २७ मंसिर– अमेरिकाको खाद्य तथा औषधि विभागले फाइजर वायोनटेकले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।
विभागका २३ सदस्यीय टोलीले छानविनपश्चात अनुमति दिएको सिएनएनले जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले विभागलाई ‘खोप तत्काल प्रयोगमा ल्याउन’ दबाब दिएपछि विभागले आजै अनुमति दिएको हो ।
यसको खोप ९५ प्रतिशत सफल मानिएको छ । कोरोनाका कारण अमेरिकामा हालसम्म करिब तीन लाख मानिसको मृत्यु भइसकेको छ । सोमबार वा मंगलबारदेखि खोपको अत्यावश्यक सेवा दिइने कुरा जनाइएको छ । यसले अमेरिकाका कोरोना संक्रमितहरूलाई राहत दिएको छ । बुधबारको अमेरिकामा ३ हजार संक्रमितको मृत्यु भएको थियो। एकैदिनमा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->