बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गलेश्वर धाममा न्यानो कपडा वितरण

गलेश्वर धाममा न्यानो कपडा वितरण


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०७७, आइतबार

बेनी, २८ मंसिर– म्याग्दीको बेनी नगरपालिका–९, प्रसिद्ध धार्मिक स्थल गलेश्वर धामका वृद्धवृद्धा, संस्कृति विद्यालयमा अध्ययनरत बटुकहरू र कर्मचारीलाई ७५ थान न्यानो कपडा वितरण गरिएको छ । बालाचार्तुदर्शीको अवसरमा बेनी नगरपालिका–७ संगमचोकमा रहेको धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाँडापसलले आश्रमका वृद्धवृद्धा, विद्यार्थी र कर्मचारीसहित ७५ जनालाई न्यानो कपडा र चाँद पर्वमा दक्षिणा समेत वितरण गरेको सञ्चालक सुविन श्रेष्ठले बताए । उनका अनुसार व्यवसायसँगै सामाजिक तथा मानवीय सेवामा समेत सहयोग गर्ने अभियान अन्तर्गत उक्त सहयोग गरिएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->