बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नौ महिनापछि धवलागिरी आँखा अस्पतालमा शल्यक्रिया

नौ महिनापछि धवलागिरी आँखा अस्पतालमा शल्यक्रिया


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७७, सोमबार

बागलुङ, २९ मंसिर– धवलागिरी आँखा अस्पताल बागलुङमा कोभिड–१९ महामारीका कारण रोकिएको आँखाको शल्यक्रिया नौ महिनापछि सुरु भएको छ । अस्पतालमा हरेक महिनाको २७ गते हुँदै आएको मोतियाबिन्दुलगायतका समस्याको शल्यक्रिया गत चैतदेखि हुन सकेको थिएन् ।
शनिबारबाट स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर शल्यक्रियाको काम सुरु गरिएको नेपाल नेत्र ज्योति संघ बागलुङ धवलागिरी आँखा अस्पतालका अध्यक्ष भरत पुरीले बताए । नौ महिनापछि पहिलोपटक भएको शल्यक्रियामा ३२ जना बिरामीले सेवा लिएका छन् ।
हिमालय आँखा अस्पताल पोखराको प्रविधिक सहयोगमा अस्पतालले बिरामीको शल्यक्रिया गरेको हो । पहिलो शल्यक्रिया शिविरको रुपमा अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनमा पूनः संचालन भएको पुरीले बताए । शिविरमा हिमालय आँखा अस्पताल पोखराका चिफ मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनको नेतृत्वमा रहेको चिकित्सकहरुको टोलीले शल्यक्रिया तथा उपचार गरेको थियो ।
हिमालयन आँखा अस्पताल र नेत्र ज्योती संघ बागलुङको बैठकले नियमित शल्यक्रिया गर्ने निर्णय समेत गरेको छ । ‘अब बिरामीको अवस्था हेरेर नियमित शल्यक्रिया हुने व्यवस्था गर्ने निर्णय समेत गरेका छौं’ पुरीले भने ‘महिनामा एक पटक शिविरका रुपमा हुँदै आएको शल्यक्रिया अब तीन÷चार दिनको फरकमा हुनेछ ।’
धौलागिरी आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनसँगै नियमित शल्यक्रियाको थालनी हुने पुरीले बताए । बागलुङ बजार बाहिर रहेका आँखा उपचार केन्द्रको स्तरोन्नतीको लागि समेत संघले पहल थालेको छ ।
गलकोट र बुर्तिबाङमा रहेको आँखा उपचार केन्द्रलाई प्रविधियुक्त र सुविधा सम्पन्न बनाएर बिरामीलाई सेवा दिने सहमति भएको छ । ‘बागलुङको पश्चिमका बिरामी र गुल्मीका बिरामीलाई समेत सहज हुनेगरी गलकोट र बुर्तिबाङमा उपकरण पु¥याउने छौं’ पुरी भन्छन् ‘अब अस्पताल र उपचार केन्द्रहरुमा शल्यक्रिया शिविर चल्नेछन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->