गोरखा, १ पुस– गोर्खाको आरुघाट गाउपालिका वडा नम्बर ४ र ५ जोड्ने आर्खेत खोलामा बन्न लागेको मोटरेवल पुलको शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको पुलको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास गरेका हुन । पुलको शिलान्यास गर्दै मन्त्री बस्नेतले आर्खेत आसपास र उत्तरी गोर्खाका जनताहरुलाई पुल निर्माणपछि सहज हुनेमात्र नभई उत्तरी गोर्खा जोड्नका लागि समेत पुलले महत्वपूर्ण भुमिका खेल्ने वताए । उत्तरी गोर्खाको मनास्लु क्षेत्र जोड्ने सडक समेत भएकाले पुलले पदमार्गमा जोडिने उत्तरी गोर्खाका सर्वसाधारण, पदमार्गमा जाने पदमार्गी र उत्तरी गोर्खामा ढुवानी सेवा पुर्याउन सहज हुने वताए । तिब्बत संग जोडिएको भेग भएकाले तिब्बतसँग जोडिने मार्गसमेत पुलले सहज बनाउने उनको भनाइ रहेको थियो ।
आर्खेत खोलामा पुल नहुदा काठेपुलबाट पैदलयात्रीले आवतजावत गर्दै आएका छनभने सवारी साधनहरुभने खोलाबाटै आवजजावत हुदै आएको छ । वर्षाको समयमा खोलामा पुल नभएको कारण सडक अवरुद्ध हुदै आइरहेको थियो भने उत्तरी गोर्खाका खाद्यान्न लगायतका सामग्रीहरु ढुवानी गर्न समेत अफ्ठेरो परेको छ । सो अवसरमा वोल्दै आरुघाट गाउपालिकाका अध्यक्ष पूर्ण दहालले पुल शिलान्यासले आरुघाटबासीमा खुसीयाली छाएको वताए । ५ करोड ६५ लाख लागतमा निर्माण गर्न लागेको पुल कोभिड १९ को प्रभावका कारण सम्झौता भएको केही महिनापछि निर्माण सुरु हुन लागेको र निर्माण कम्पनी संग समयसिमा भित्रै पुल निर्माण सम्पन्न गर्ने समेत सम्झौता भएको भौतिक पूर्वाधार विकास कार्यालय गोर्खाका प्रमुख दयाराम अधिकारीले बताए । दुइ वर्षभित्र पुल निर्माण सम्मपन्न गर्ने गरी बानिया सूर्यविनायक जेभिले ठेक्का सम्झौता गरेको र पुल निर्माणमा स्थानिय श्रोत साधानको समेत उपयोग गर्नुपर्ने भएकाले स्थानीयहरु कुनैपनि बहानामा पुल निर्माणमा अफ्ठेरो सिर्जना नगर्न समेत स्थानीयलाई उनले आग्रह गरे ।
यसैविच भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण वस्नेतले आरुघाट गाउपालिका वडा नम्बर ३ को स्याम्राङ र देउरालि जोड्ने झोलुङ्गे पुल र थुमि निबोट जोड्ने झोलुङ्गे पुलको समेत शिलान्यास गरेका छन । स्याम्राङ र देउराली निबोट र थुमी जोड्ने पुलले एक गाउदेखि अर्को गाउ जानका लागी घण्टौ लाग्ने भएकाले जनताको दुःखलाई मध्यनजर गरी झोलुङ्गे पुल निर्माणका लागी आफ्नो मन्त्रालयबाट बजेट विनियोजन गरेको मन्त्री बस्नेतले वताए ।
सो अवसरमा वोल्दै आरुघाट गाउपालिकाका अध्यक्ष पूर्ण दहालले आरुघाट गाउपालिकाले उक्त पुलमा शाहसिक खेल पर्यटनका लागि समेत योजना बनाएकाले बन्जी जम्प निर्माणका लागि ठाउ राखिदिन पुल निर्माण कम्पनी र पूर्वाधार बिकास कार्यालय गोर्खालाई समेत आग्रह गरे । स्याम्राङ र देउरालि जोड्ने झोलुङ्गे पुल ३ सय ४६ मिटर लामो र २ करोड १० लाख लागत लाग्ने पूर्वाधार बिकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए । त्यसैगरी थुमि निबोट झोलुङ्गेपुल ३ सय ७८ मिटर लामो हुने र लागत २ करोड ६० लाख रहेको उनको भनाइ रहेको थियो । उक्त पुलहरु गोर्खामा निर्माण भइरहेको झोलुङ्गे पुलहरुमध्ये लामो हो । उक्त पुलहरु १८ महिना भित्र सकाउने गरि एस ए शैलेन्द्र जेभीले निर्माणको जिम्मा लिएको छ ।





