शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपा स्थायी कमिटी बैठकमा ओली पनि उपस्थित

नेकपा स्थायी कमिटी बैठकमा ओली पनि उपस्थित


  • ढोरपाटन संवाददाता
  • पुष १ २०७७, बुधबार

काठमाडौँ, १ पुस – नेकपा स्थायी कमिटी बैठक तीन घन्टा ढिला गरी बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसमेत उपस्थित भएका छन् । बैठकअघि दुवै अध्यक्ष ओली र कार्यकारी पुष्पकमल दाहाल प्रचण्डबीच दुई चरणमा छलफल भएको थियो । छलफलमा प्रचण्डले सरकारले मंगलबार ल्याएकाे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताको माग गरेका छन् । यस्तै ओलीले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिसमक्ष बुझाइएको निवेदन फिर्ता लिनुपर्ने अडान राखेकाे स्राेतले जानकारी दियाे । यही तनावबीच १ बजेका लागि बाेलाइएकाे बैठक तीन घन्टा ढिला गरी सुरु भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->