पोखरा, ६ पुस– गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट विमुख नभई नागरिक–मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँ र गोरखाको स्थलगत निरीक्षणको क्रममा उनले कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यावसायिक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशनसमेत दिए ।
निरीक्षणका क्रममा जिल्लाप्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल र जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुखप्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले प्रहरी नायव महानिरीक्षक अर्याल समक्ष जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन लगायतका विषयमा चर्चा गरेका थिए ।





